यौनहिंसाका धेरैजसो घटनामा या त महिलाले आफ्नो सुरक्षा नै गर्न पाउँदैनन्, या त ज्यान बचाएर भाग्ने कोसिस गर्दछन् ।
हिंसाको डरले घरभित्रै बसेर पनि भएन, तर मनमा भने सधै डर पालेरै हिड्नुपर्छ ।
तर अब भने एउटा गहनाले महिलाको यो त्रासलाई दूर गरिदिनेछ । जसलाई प्रयोग गर्ने महिलाहरु यौन हिंसा वा दुव्र्यवहारबाट बच्न सक्दछन् ।
भारतको नयाँदिल्लीका विद्यार्थीहरुको एक समूहले आफ्नो पढाइकै प्रोजेक्टको रुपमा यो नयाँ रक्षाकवच गहना बनाएका हुन् ।
राष्ट्रसंघको रिपोर्टमा दुनियामा हरेक तेह्र सेकेण्डमा एकजना महिलामाथि यौनहिंसा हुने गरेको तथा भारतमा हरेक २३ सेकेण्डमा एकजना महिला यौनहिंसाको सिकार हुने गरेको तथ्य देखेपछि उनीहरुलाई महिला सुरक्षामा केही गर्ने आँट जाग्यो ।
भिडभाडयुक्त सहरमा बलात्कार या अपहरणका घटना आइरहन्छन् । यावत् घटनाहरुलाई मध्यनजर गर्दै पाँच जना इन्जिनियर विद्यार्थीहरुले सन् २०१४ मा लिफ वेयरेबल्स नामक गहना प्रोजेक्ट सुरु गरे ।
विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताबाट पुरस्कृत हुँदै उनीहरुले आफ्नो परियोजनाका लागि अढाइ लाख अमेरिकी डलर रकम जम्मा गर्न सफल भए र कम्पनीको लागि सुरुवाती पुँजी तयार पारे ।
उनीहरुको कम्पनीले लकेट, ब्रासलेट, सिक्री तथा साँचोको चेन लगायतका चिज बनाउने गर्छ । ती चिजमा एउटा सानो गोलाकार मेसिन छ, जसको नाम सेफर हो ।
कम्पनीले उत्पादन गर्ने लकेट, ब्रासलेट वा कि चेन प्रयोग गर्ने महिलाले यदि आफुलाई जोखिमयुक्त वातावरणमा पाए भने तुरुन्तै सेफरको बटन दबाउन सक्दछन् ।
यसो गरेसँगै उनीहरुको परिवार वा साथीहरुकोमा खतरा सूचक एसएमएस पुग्दछ । यो डिभाइसमा जोडिएको एपमा जिपिएस कनेक्सन पनि हुन्छ जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो लोकेसन तथा समयको जानकारी पनि दिन सक्दछ
। त्यसैले परिवार तथा मित्रहरुले खतरामा परेका महिलाहरुलाई ट्रयाक गर्न सक्दछन् । डिभाइसमा नजिकैको पुलिस वा अस्पतालको बारेमा जानकारी पनि दिइएको हुन्छ । यो स्मार्ट गहनको मूल्य ३ देखि ५ हजार भारुसम्म तोकिएको छ ।

अब यो स्मार्ट गहनाले महिलालाई बचाउनेछ हिंसाबाट.......
Reviewed by Nepali kanchi
on
May 07, 2016
Rating:

No comments: